"सर आज पनि पैदल" ? एक्कासी मेरो मन बद्लियो उस्लाई यती मात्र थाहा छ सर गाडीमा हिंड्नु हुन्थ्यो बाइकमा हिंड्नु हुन्थ्यो । उस्लाई थाहा नहोला सामान्य परिवारको मान्छे म पैदल, साईकल , बाइक,गाडी... आवस्यकता अनुसार प्रयोग गर्दै गएको भनेर । मोबाईल न पोस्पेड , पृपेड ,स्काई, एन्सेल ख्याल गरेन होला । "अ भाई पैदल" मैले छोट्कारीमा उत्तर दिए । मलाई काम चले हुन्छ ।
Wednesday, December 20, 2017
Wednesday, December 13, 2017
गलबन्धी
यो चैत्रको महिना, हजुरबाको गलबन्धी हराएको भन्दापनि कहाँ राखेका हुन उनैलाई सोध्नु पर्छ सोधेर पनि ठाउ सम्झ्दैनन । तिमीहरुले कता फालिदियौ भन्छ्न । हराएको दुई दिन भैसकेको थियो । जस्ताको त्यास्तै गलबन्धी बजारबाट नयाँ ल्याईदिए मान्दै मान्दैनन । कयौ पटक भनिसके बा हरायो, म हार मान्न मात्र बाकी थियो , हैन मेरै गलबन्धी चाँहीयो भन्छ्न । किन त्याही चाँहीयो र बा बारम्बार सोधिरहे तर उनि महुन । मैले सोध्दा नराम्रो मानेपछि मैले फेरी सोधिन किन चाँहीयो र बा? मलाई मेरो भित्री मनबाट हरेकाका आ-आफ्ना बस्तु ,समान, भाब आफ्नो अर्थ भाबमा कुनै मुल्यमा होलान भनेर फेरी सोधिन । आज हजुरआमा देहावशन भएको पाच दिन भैसकेको थियो ।
Subscribe to:
Posts (Atom)