Tuesday, November 25, 2014

धित मर्न त देऊ बोतल

तिमी र म सँगै बसौला साँझ पर्न त देऊ बोतल ।
जिन्दगी नै नसा भएपछि धित मर्न त देऊ बोतल ।

शुभ दिन शुभ साइत बिहानी भएर के भो र
मज्जाले पिउछु अझ गिलास भर्न त देऊ बोतल ।

यो जोस, यो बेहोस ठुलो सन्तुष्टी हो बोतल
कही कतै नछेक केचाहेको गर्न त देऊ  बोतल ।

Wednesday, November 12, 2014

मन पराय के भो त

तिमि संग सच्चि डराय के भो त
कल्पनामै तिमिसंगे हराय के भो त
तिमि केटि म केटा मनै त हो
तिमीलाई मन पराय  के भो त