Friday, September 26, 2014

हरेकका असिमित चाहना हुन्छन


हरेकका असिमित चाहना हुन्छन
सुन्तुस्टी नहुने अनेक बाहना हुन्छन

त्यो नै सबैभन्दा ठुलो खुसीयालि हो
काम बिग्रे पनि सोच गहना हुन्छन

Monday, September 22, 2014

तिम्रो साथमा

भगवान सरी आत्मा बसिरहोस् तिम्रो साथमा
 आत्मामा मलाई बाँध्ने कँसी रहोस् तिम्रो साथमा

 यस्तो बन तिमी सोँचे खुसी होस् यो संसार
 त्यही खुसीदेखि हिम्मत धँसीरहोस् तिम्रो साथमा

 खासमा कर्म लेखिने ठाउँ कापीको पाना भए
चाहनाको कलम अनि मसी रहोस् तिम्रो साथमा

दिनमै सपनी रातमा झन्

बसन्त बनि आयौ 
उमंगमा बाच्न सिकायौ
आधीबेरी ल्यायौ
खुसीहरु उडायौँ

दिनमै सपनी रातमा झन्
सिरानी भिजेका छन्
भाग्यले जुटेका हात
दिन र रात जस्तो भयो हाम्रो साथ
बिहानी बनी आउछ सपनी
आँसु बसेका छन् सित बनी
फेरी आउछौँ तिमी घाम बनी
सित सुकाई बनाउछौँ बिपनी
हेर्दाहेर्दै आउछ क्षितिज हराउछौँ तिमी साँझ बनी
फेरी आउछ रात बनाउछ सपनी .


यसरि रात दिन
दिन रात कयौ बितेका छन्
भुल्छु भन्यो
झन् यादले तद्पाउछन्
नहोला हामी संगै तर
मरि लाने के छर
आऊ साथि
नकमाउ छाती
हुनेछौ साथी
 सबै भन्दा माथि
हुनेछौ साथी
हुनेछौ साथी


Friday, September 19, 2014

संसार छ म सँग

संसार छ म सँग के चाहियो बोले जिन्दगीमा
मरी लानु के छ र हृदय खोले जिन्दगीमा
बितेको समय कसले पो किन्न सक्छ र
भो जे जस्तो हुन्छ त्यस्तै घोले जिन्दगीमा
यस्तै हो मान्छे चाहना, चाहनापछि चाहना
के पुग्दैन र नपुग्ने कुरा पोले जिन्दगीमा
ह्या कम छु भन्छौँ हेर अघिपछि दायाबाया
को कम होला र यहाँ मोले जिन्दगीमा
हेर त्यो ब्रह्रमाण्ड त्यसपछि उता के हाला
के प्रश्न के उत्तर खै यो झोले जिन्दगीमा

कतै हारे जस्तोपनि लाग्दैन

कतै जीते जस्तोपनि लाग्दैन
कतै हारे जस्तोपनि लाग्दैन
फेरी स्वतन्त्र जस्तोपनि लाग्दैन
कहिँ कतै बारे जस्तोपनि लाग्दैन

कति गाह्रो छ

कति गाह्रो छ अँध्यारोमा उदाएर त हेर
साच्चैँ मनपर्नेसँग आँखा जुधाएर त हेर
साथी हो जहिले लभ पारेनौ भन्छौ
म सिक्छु प्रेमलाई कसैले कुदाएर त हेर