Friday, September 14, 2018

नत्र तिम्रो लागि युद्ध केरिरहेको हुन्छु

जमिन आकाशमा हेरिरहेको हुन्छु
तिमी खोज्ने बाटो फेरिरहेको हुन्छु
कहाँ छौ शान्ति शुख म त्यही आउछु
नत्र तिम्रो लागि युद्ध केरिरहेको हुन्छु

माग हैन पुर्तिको जवाफ

सुर्यको ताप र आगोको राप हुर्केको हो
थिचिन मिल्ने थिचियर दवावमा हुर्केको हो
त्यसैले सन्सार जित्ने संघर्ष केही लाग्दैन  
मागमा हैन पुर्तिको जवाफमा हुर्केको हो

Wednesday, December 20, 2017

सामान्यपना

"सर आज पनि पैदल" ? एक्कासी मेरो मन बद्लियो उस्लाई यती मात्र थाहा छ सर गाडीमा  हिंड्नु हुन्थ्यो बाइकमा  हिंड्नु हुन्थ्यो । उस्लाई थाहा नहोला सामान्य परिवारको मान्छे  म पैदल, साईकल , बाइक,गाडी...  आवस्यकता अनुसार प्रयोग गर्दै गएको भनेर । मोबाईल न पोस्पेड , पृपेड ,स्काई, एन्सेल ख्याल गरेन होला  । "अ भाई पैदल" मैले छोट्कारीमा उत्तर दिए । मलाई काम चले हुन्छ  । 

Wednesday, December 13, 2017

गलबन्धी

                                                      
    यो चैत्रको महिना, हजुरबाको गलबन्धी हराएको भन्दापनि कहाँ राखेका हुन उनैलाई सोध्नु पर्छ सोधेर पनि ठाउ सम्झ्दैनन । तिमीहरुले कता फालिदियौ भन्छ्न । हराएको दुई दिन भैसकेको थियो । जस्ताको त्यास्तै गलबन्धी बजारबाट नयाँ ल्याईदिए मान्दै मान्दैनन । कयौ पटक भनिसके बा हरायो, म हार मान्न मात्र बाकी थियो , हैन मेरै गलबन्धी चाँहीयो भन्छ्न । किन त्याही चाँहीयो र बा बारम्बार सोधिरहे तर उनि महुन ।  मैले सोध्दा नराम्रो मानेपछि मैले फेरी सोधिन किन चाँहीयो र बा? मलाई मेरो भित्री मनबाट हरेकाका  आ-आफ्ना बस्तु ,समान, भाब आफ्नो अर्थ भाबमा कुनै मुल्यमा होलान भनेर  फेरी सोधिन  । आज हजुरआमा  देहावशन भएको पाच दिन भैसकेको थियो  । 

Sunday, October 8, 2017

दोष तिम्रै हो

अब सडक र दोबाटोका ढुङ्गाको पनि उचाई बढेछ 
बुढी औंला पैतला ठोकियो म रन्थनिए
ढुङ्गा......................................................... दोष तिम्रै हो  ।



म सुत्ने बेलामा पाच घण्टा भन्दा सुत्दिन भनेको थिए
दश घण्टा सुतिएछ किन पर्खियन समयले ? हे मेरो भाग्य ।
समय र भगवान   ....................................... दोष तिम्रो हो ।



मेरो सोच नै अर्कै छ
ग्रह, पृथ्बी, तारा, ब्रमाण्डमा घुम्ने
स्वर्ग जस्तै शान्तिको संसार बनाउने
मेरो मन बुज्दैन कसैले, मनमा मन मिल्न नसक्नु
अरुको मन................................................. दोष तिम्रो हो ।


म जान्ने तर नपढ्ने गरेको अनुमान
अनुसन्धान भन्दा पनि ट्वाक्क मिल्ने
कति पढेको छु अनि मेरो गफ टफ रफ अझ  प्रमाणित गरिदिन्छ
आँफैले आँफैको लागि  जानेको छु भनेर
परिक्षामा नजान्ने प्रश्न निकल्ने,
सपनामा मेहनत गरेपनि खेतमा उब्जनी नहुने
 शिक्षक र खेत............................................... दोष तिम्रो हो ।



म नेता मैले बिकासगर्न खोजेकै हो गरिरहेको  छु
अरु देशका खरायो जस्तै दुगुरेर म कछुवा जस्तै देखिएको हो ।
म सँग काया पलट गर्ने योजना छ किन सुनाउनु पर्‍यो  ?
देश बिकास नहुनु
अर्को पार्टी अर्को नेता अर्को देश अर्कै मौसम....... दोष तिम्रै हो  ।



म सरकार, सरकार भित्र पनि सरकार छ
यो कुरा भन्न जरुरी छैन  ।
खासमा लगानी गर्ने  पैसा छैन
के बगिरहेको पानी भित्र पैसा छाप्ने मेसिन  छ र ?
जडिबुटिमा उडाउने पखेटा छ्न र
पर्यटक आएर दान दिन्छ्न र
मलाई पहेले मेरो ईनार भर्न मन लाग्छ
 केहि नहुनु अहिले सम्म
मोटो रकम..................................................... दोष तिम्रै हो ।




मलाई बिसौ  कयौ पटक बिश्वास गरेर भोट हालेर
सत्तामा पुर्यौउनु भयो जनता, बिकास र राम्रो नितिको तयार हुनै लगेको छ
 बिकास भएन  भने, अब फेरी जिताउनु भएन भने खराब मेरो नियती हैन
 जनता............................................................. दोष  तिम्रै हो ।


वाउ मेरो प्रेम मन परि जस्तै उनि
पल पलमा सम्झी रह्न्छु उनको बारेमा सबै थाहा छ
 त्यो  गोलो अनुहार कर्ली कपाल  बोली चाली
अरु के बर्णन गरु हलिवूड कि सुपर जस्तै हुन
 प्रेममा मन मन भित्र पस्छन रे  मनको कुरा बुज्छन रे
 तर नभेटेपनि बुझिनन उनि  कहेले
मेरी प्रेमी................................................ ...........दोष  तिम्रै हो।



गफ लाउने, अल्छि मान्न सक्ने, धेरै बेर सुत्न सक्ने,
 मिठो मिठो खान सक्ने, राम्रो राम्रो लुगा लगाउन सक्ने,
 घुम्न सक्ने, सरावको मन्दिरमा धेरै बस्न सक्ने,
हुक्का र चुरोट्को बादल बनाइ गर्मिमा संसार सितल बनाउन सक्ने,
जाडोमा क्याम्फायर गरेर संसार न्यानो बनाउन सक्ने,
शिवजिको बुटिले तत्काल भगवान बन्न सक्ने,
मजदुर भिसामा बिदेश जान सक्ने,
यस्तै यस्तै सिक्ने वातावरण छ
सरकार धेरै धेरै कला क्षमता छ म मा
तलबको ब्याबस्था गर्नु पर्‍यो
के कमि छ र हाम्रो देशमा  
तलब ब्याबस्था गर्न नसक्ने 
सरकार......................................................  दोष  तिम्रै हो।


नराम्रो जेहुन्छ यहाँ अरु केही बाहाना  .....................  दोष  तिम्रै हो।
नराम्रो जेहुन्छ यहाँ अरु केही बाहाना  ......................   दोस् तिम्रै हो।




Tuesday, September 12, 2017

मिसन ले अत्याइ रहन्छ

जसै पुरा गर भन्दै, मिसन ले अत्याइ रहन्छ
हार जित जे पनि, मनले मनलाई पत्याइ रहन्छ
त्यसैले ढुक्क हुन्छु  विश्व जित्ने भिजनको लागि
तर न भएनी तिम्रो यादले सताइ रह्न्छ

Friday, July 14, 2017

लानेछु पक्का

मैले चाहेमा
मान्दैनौ भने पनि
लानेछु पक्का