Saturday, December 20, 2014

कस्ति होलिन !!

मेरि मायालु मायामा फस्दि होलिन !!
मेरि मायालु के गर्दै बस्दि होलिन !!
उसलाई म मलाई उ पक्कै लेख्या  छ
मेरि मायालु साच्ची कस्ति होलिन !!

Saturday, December 13, 2014

एक्लै चर्काउन्न म त

गए जाउ हात फालेर फर्काउन्न म त
जे गरे नि गर अब थर्काउन्न म त

एक कुँडे माया सक्ने तिम्रो बानी
भरिदिन्छु विश्वास गर तुर्काउन्न म त

दो बाटोमा राम्री छु भन्छौं रे
पछि लाग्नेलाई तर्काउन्न म त

रमाइलो गर्ने मन कसको नहोला र
तिमी नखाए कम्मर मर्काउन्न म त

तिम्ले मैले मज्जाले, मज्जाले बेरौँला
त्यो रहर तिम्रो मेरो एक्लै चर्काउन्न म त




Tuesday, November 25, 2014

धित मर्न त देऊ बोतल

तिमी र म सँगै बसौला साँझ पर्न त देऊ बोतल ।
जिन्दगी नै नसा भएपछि धित मर्न त देऊ बोतल ।

शुभ दिन शुभ साइत बिहानी भएर के भो र
मज्जाले पिउछु अझ गिलास भर्न त देऊ बोतल ।

यो जोस, यो बेहोस ठुलो सन्तुष्टी हो बोतल
कही कतै नछेक केचाहेको गर्न त देऊ  बोतल ।

Wednesday, November 12, 2014

मन पराय के भो त

तिमि संग सच्चि डराय के भो त
कल्पनामै तिमिसंगे हराय के भो त
तिमि केटि म केटा मनै त हो
तिमीलाई मन पराय  के भो त

Friday, September 26, 2014

हरेकका असिमित चाहना हुन्छन


हरेकका असिमित चाहना हुन्छन
सुन्तुस्टी नहुने अनेक बाहना हुन्छन

त्यो नै सबैभन्दा ठुलो खुसीयालि हो
काम बिग्रे पनि सोच गहना हुन्छन

Monday, September 22, 2014

तिम्रो साथमा

भगवान सरी आत्मा बसिरहोस् तिम्रो साथमा
 आत्मामा मलाई बाँध्ने कँसी रहोस् तिम्रो साथमा

 यस्तो बन तिमी सोँचे खुसी होस् यो संसार
 त्यही खुसीदेखि हिम्मत धँसीरहोस् तिम्रो साथमा

 खासमा कर्म लेखिने ठाउँ कापीको पाना भए
चाहनाको कलम अनि मसी रहोस् तिम्रो साथमा

दिनमै सपनी रातमा झन्

बसन्त बनि आयौ 
उमंगमा बाच्न सिकायौ
आधीबेरी ल्यायौ
खुसीहरु उडायौँ

दिनमै सपनी रातमा झन्
सिरानी भिजेका छन्
भाग्यले जुटेका हात
दिन र रात जस्तो भयो हाम्रो साथ
बिहानी बनी आउछ सपनी
आँसु बसेका छन् सित बनी
फेरी आउछौँ तिमी घाम बनी
सित सुकाई बनाउछौँ बिपनी
हेर्दाहेर्दै आउछ क्षितिज हराउछौँ तिमी साँझ बनी
फेरी आउछ रात बनाउछ सपनी .


यसरि रात दिन
दिन रात कयौ बितेका छन्
भुल्छु भन्यो
झन् यादले तद्पाउछन्
नहोला हामी संगै तर
मरि लाने के छर
आऊ साथि
नकमाउ छाती
हुनेछौ साथी
 सबै भन्दा माथि
हुनेछौ साथी
हुनेछौ साथी


Friday, September 19, 2014

संसार छ म सँग

संसार छ म सँग के चाहियो बोले जिन्दगीमा
मरी लानु के छ र हृदय खोले जिन्दगीमा
बितेको समय कसले पो किन्न सक्छ र
भो जे जस्तो हुन्छ त्यस्तै घोले जिन्दगीमा
यस्तै हो मान्छे चाहना, चाहनापछि चाहना
के पुग्दैन र नपुग्ने कुरा पोले जिन्दगीमा
ह्या कम छु भन्छौँ हेर अघिपछि दायाबाया
को कम होला र यहाँ मोले जिन्दगीमा
हेर त्यो ब्रह्रमाण्ड त्यसपछि उता के हाला
के प्रश्न के उत्तर खै यो झोले जिन्दगीमा

कतै हारे जस्तोपनि लाग्दैन

कतै जीते जस्तोपनि लाग्दैन
कतै हारे जस्तोपनि लाग्दैन
फेरी स्वतन्त्र जस्तोपनि लाग्दैन
कहिँ कतै बारे जस्तोपनि लाग्दैन

कति गाह्रो छ

कति गाह्रो छ अँध्यारोमा उदाएर त हेर
साच्चैँ मनपर्नेसँग आँखा जुधाएर त हेर
साथी हो जहिले लभ पारेनौ भन्छौ
म सिक्छु प्रेमलाई कसैले कुदाएर त हेर